नेपाल टी–२० क्रिकेट लिगको पहिलो संस्करणले राम्रो सुरुवात गरेको छैन किनकी एकातिर खेलाडीहरुले पारिश्रमिक पाएका छैनन्,
अर्कातिर फिक्सिङको आरोप लागेको छ । यसले क्रिकेट संघको आयोजना र सेभेन थ्री स्पोर्टस कम्पनीको व्यवस्थापनमा भइरहेको नेपाल टी–२० माथि नै प्रश्न उठेको छ । नेपाल टी–२० क्रिकेट लिगको संचालनको जिम्मा पाएको सेभेन थ्री स्पोर्टस भारतीय नागरिक जतिन अहुवालियाले सञ्चालन गर्छन र यो सट्टेबाजी घरसमेत सञ्चालन गर्ने उद्देश्यले भारतमा दर्ता भएको कम्पनी हो ।