
बाहिरबाट हेर्दा ईज्जतदार, सबैले मानेको तर महिला हिंसा गर्ने पुरुषको मुखटा हटाउने काम
मीटु अभियानले गर्यो । प्रतिष्ठित भनिएका व्यक्तिले कसरी जागिरको प्रलोभन देखाएर, सहयोग गरेजस्तो गरेर महिला हिंसा गर्छन् भन्ने कुरा यो अभियानले बाहिर ल्यायो । सरिफ पनि देखिनुपर्ने, तर नचाहिने काम गर्नेको विरुद्धमा महिलाहरू बोल्दैनथे ।