विनाशकारी भूकम्पपछि नेपाल–चीनबिचको प्रमुख व्यापारिक नाका
तातोपानी भन्सार बन्द भएको आगामी बैशाखमा चार वर्ष पुरा भएर पाँचौ वर्षमा टेक्दैछ । ५ वर्ष लाग्दा नलाग्दै नाका खुलाउन चिनिँया पक्षले जोडतोडले काम गरिरहेको छ तर, नेपाली पक्षले भने खासै तत्परता देखाएको छैन । बाह्रविसे नगरपालिकाको खुर्सानीबारीदेखि मितेरी पुलसम्म २६ किलोमिटर लामो सडक छ । भूकम्प, भोटेकोशीमा आएको बाढी र पहिरोले खण्डहर बनेको सडकको रुप फेर्न चिनियाँ पक्ष लागिपरेको हो ।